९४ वटा सिमबाट वर्ल्डकपमा अनलाइन बेटिङ् चलाउने ठाकुर २ करोड रुपैयाँसहित समातिए

काठमाडाैं | मंसिर २८, २०७९

९४ वटा सिमबाट वर्ल्डकपमा अनलाइन बेटिङ् चलाउने ठाकुर २ करोड रुपैयाँसहित समातिए

पोखराः हालै अष्ट्रेलियामा सम्पन्न टी–२० विश्वकप क्रिकेटमा अनलाइने बेटिङ् व्यापक भएको सूचना पाएपछि चनाखो बनेको नेपाली प्रहरी फुटबल विश्वकप आयोजना भएसँगै सफलता हात पार्ने क्रममा रहेको छ ।

 

सोहीक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले फुटबलमा सट्टेबाजी र अनलाइन जुवा खेलाएको आरोपमा महोत्तरी गाउँपालिका–१ घर भई ललितपुरको सानेपा बस्‍ने २० वर्षीय आदर्श ठाकुरलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता एवं एसपी कृष्णप्रसाद कोइरालाका अनुसार ठाकुरको साथबाट २ करोड २ लाख ८४ हजार ४४८ रुपैयाँसमेत बरामद भएको छ । 

 

यससँगै ठाकुरसँग रहेको नेपाल टेलिकम र एनसेलका ९४ थान सिमकार्डसमेत प्रहरीले जफत गरेको छ । 

 

ठाकुर रसियन बेटिङ एप ‘वानएक्स बेट’ मार्फत सट्टेबाजीमा संलग्न नेपाली एजेन्ट हुन् । अनलाइन माध्यममार्फत ठाकुरले विश्वकपका विभिन्न खेलमा बाजी थाप्नेहरुको रकम संकलन र भुक्तानी गर्दै आएका थिए । 
ठाकुरले डिजिटल वालेटमार्फत संकलन गर्ने रकम नाबिल, सिद्धार्थ र एनआइसी एसिया बैंकम रहेको आफ्नो खातामा राख्थे।

 

 

उनले नबिलबाट ६९ लाख ६ हजार ७७०, सिद्धार्थबाट ४५ लाख ५३ हजार ५२३ र एनआइसी एसियाबाट ८८ लाख २४ हजार १५५ गरी जम्मा २ करोड २ लाख ८४  हजार ४४८ रुपैयाँको कारोबार गरेको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । 

 

साथै, ठाकुरले डिजिटल वालेट खोल्न विभिन्न व्यक्तिको नेपाली नागरिकता समेत प्रयोग गरी खाता खोलेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। कार्यालयले ठाकुरलाई मुलुकी अपराध संहिताको दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुर अन्तर्गत थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर पठाएको छ।

 

ठाकुर पक्राउ पर्नु एक दिनअघि अनलाईन मार्फत सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको थियाे ।

 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका नरदेवी बस्ने भारत राजस्थान प्रदेश चुरू सृजनगढ ठाना घर भएका ३२ वर्षीय पवन कुमार शर्मा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ कपन बस्ने पाल्पा रैनादेवी छहरा गाउँपालिका-४ घर भएका ३७ वर्षीय रूद्र प्रसाद पोखरेल रहेका छन् ।

 

 

हाल धेरथोर पैसा हुने युवा पुस्ता अनलाइन बेटिङ्को लतमा छन् भने धनाढ्य परिवारको केही सदस्य अनलाइन क्यासिनोमा व्यस्त छन् । पोखरामा केही समयअघि क्यासिनो बन्द भएपछि अहिले त्यहाँका नियमितमध्येका केही अनलाइन क्यासिनोमा जुवा खेल्ने गरेको स्रोतमार्फत जानकारी पाइएको छ । 

 

यस्ता अनलाइन जुवाडेहरुलाई विदेशी क्यासिनोले नेपालमै एजेन्ट राखेर खेलाइरहेको बताइन्छ । नेपालीलाई देशभित्रका क्यासिनोमा प्रवेश निषेध गरिएको र लुकिछिपी जान अहिले क्यासिनो नै बन्द भएकाले जुवाडेहरुलाई अनलाइन जुवा सबै कोणबाट सुरक्षित मान्ने गरिन्छ । 

मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...

थप पढ्नुहोस्

ढोरपाटन:  तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ ।  वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...

थप पढ्नुहोस्

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्